२०८१ असार ३० गते आइतवार

बबई नदिले बगाएकी युवती दंगीशरणमा मृ,त फेला



दाङको तुलसीपुरमा खोला तर्ने क्रममा बगाएको युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

तुलसीपुर–१४ मटेरास्थित बबई नदि तर्ने क्रममा आज बिहान करिब ८ बजेको समयमा सोही ठाउँकी अन्दाजी १९ वर्षीय सम्झना चौधरीलाई बगाएको थियो ।

खोजी गर्दै जादा दंगीशरण–४ स्थित बैबाङ–बाकी जोड्ने पक्कि पुल नजिकै बबई नदि किनारमा शव भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
आफन्तीको घरमा जाने क्रममा आज बिहान सम्झनालाई खोलाले बगाएको थियो ।

प्रहरीले बिहानै देखी उहाँको खोजी कार्य तिव्र पारेको थियो ।

प्रकाशित मिति : २०८१ असार १९ गते बुधवार