सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको नयाँ फिल्म ‘सतीदेवी’ को दोस्रो लूक्स पोस्टर सार्वजनिक गरिएको छ । प्रदर्शनमा आउनअघि नै विभिन्न महोत्सवमा प्रदर्शन भएर उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्रीसहितका अवार्ड पाइसकेको फिल्म हाल चर्चामा छ।
फिल्म पहिलो पोस्टरबाट चर्चामा आएको ‘सतीदेवी’ को दोस्रो पोस्टर थप अर्थपूर्ण देखिन्छ । अभिनेत्री मलिका महतको काखमा एउटी नवजात शिशु देखिन्छिन् भने उनको दुईतिर बाल कलकार छन । एउटी छोरी एउटा हातमा चप्पल लिएर रोइरहेकी छिन् भने अर्कि छोरीको अनुहार पनि मलिन देखिन्छ ।
यो फिल्ममा बाबु श्रेष्ठको छायांकन, तारा थापा किम्भेको सम्पादन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, दीपक शर्मा र सुवास भुसालको संगीत, प्रदाप दास, दीपा लामा, ममता गुरुङ तथा सवीन सुवेदीको गायन छ । फिल्ममा रामजी लामिछानेको नृत्य निर्देशन छ ।
गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी, क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुतिमा निर्माण भैरहेको यो फिल्ममा लक्ष्मण सुवेदीको लेखनसमेत छ । सुवेदी नै प्रस्तुतकर्ता रहेको यो फिल्मका निर्माता श्रीदेवी सुवेदी हुन्
यो पोस्टरले मलिका आमाको भूमिकामा रहेको संकेत गर्छ । लभर गर्लको भूमिकामा देखिदै आइरहेकी उनले यसपटक आफूलाई चरित्र अभिनयमा ढलेकी छन् । यसअघि सार्वजनिक पोस्टरमा उनी कालोमोसो र जुत्ताको माला लगाएर लखेटिरहेको अवस्थामा प्रस्तुत थिइन् । ‘यो फिल्म आगामी साउन ४ गतेबाट प्रदर्शन हुँदैछ ।
दर्शकमाझ प्रतिक्षित बनेको फिल्ममा मलिका महतसंगै हर्षिका वली, मञ्जिला बानियाँ, सन्दिप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजीता शिवाकोटी, सन्देश लिम्बू, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभने जोशी, इश्वरी सिंह, पवन केसी, जगति अधिकारी आदि कलाकारले अभिनय गरेका छन्