२०८१ माघ १ गते बुधवार

भूकम्प पीडितको लागि सहयोग संकलन :उपेन्द्र पौडेल



विनोद मण्डल, मंसिर ८ । दाङमा भूकम्प पीडितको लागि सहयोग संकलन गरी पठाईएको छ ।

जाजरकोट स्थित भूकम्प पीडितकालागि सहयोग स्वरुप युवाहरुको एक समुहले दाङबाट सहयोग संकलन गरि भुकम्प पिडितलाई सहयोग गरेको छ ।

दाङको घोराही बजार स्थित तुलसीपुर चोकमा सहयोगको लागी दानपेटी राखी संकलन गरिएको‌ रकम भुकुम्प‌ पिडितलाई पठाइएको छ ।

समाजसेवी तथा धार्मिक अभियन्ता तुलसीपुर उपमहानगरपालिका वडा नं ७ निवासी उपेन्द्र पौडेलको नेतृत्वमा जयशिव धार्मिक युवा समुहद्वारा घोराहीमा सहयोग संकलन गरिएको हो ।

सहयोगबाट संकलित रकम प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषको खातामा जम्मा गरिएको छ ।

सहयोग बाट संकलन गर्दा गोप्य दानबाट रु.४६५० ( चार हजार छ सय पचास मात्र ) र सहयोग बाट रु.६४५५ ( छ हजार चार सय पचपन्न मात्र ) गरी जम्मा रु.११११५( एघार हजार एक सय पन्ध्र मात्र ) प्रधानमन्त्री .दै.स. कोषको खातामा‌ जम्मा गरिएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ८ गते शुक्रवार