२०८१ साउन ६ गते सोमवार

एम्बुलेन्सको ठक्करबाट एक जना युवाको मृत्यु



कपिलवस्तुको शिवराज नगरपालिका १ खैरी चोकमा एम्बुलेन्सको ठक्करबाट एक जना युवाको मृत्यु भएको छ । नम्बर नखुलेको एम्बुलेन्सले लु ६० प ३५०५ नम्बर र युके ०७ डिजेड ६००८ नम्बरको दुई वटा मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार शिवराज नगरपालिका–९ बस्ने ३० वर्षीय प्रवेश रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएकाे बताएको छ
दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवारमध्ये ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । १ जनाको संजिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार पछि घर फकिएका छन् ।
दुर्घटनामा शंकास्पद रा १ ज १६३ नम्बरको एम्बुलेन्सलाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान भैईरहकाे बताएको छ

भएको छ । नम्बर नखुलेको एम्बुलेन्सले लु ६० प ३५०५ नम्बर र युके ०७ डिजेड ६००८ नम्बरको दुई वटा मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार शिवराज नगरपालिका–९ बस्ने ३० वर्षीय प्रवेश रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएकाे बताएको छ
दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवारमध्ये ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । १ जनाको संजिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार पछि घर फकिएका छन् ।
दुर्घटनामा शंकास्पद रा १ ज १६३ नम्बरको एम्बुलेन्सलाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान भैईरहकाे बताएको छ

प्रकाशित मिति : २०८० मङ्सिर १ गते शुक्रवार