२०८० मङ्सिर २४ गते आइतवार

भुकम्पले अमरसत्य प्राथामिक बिद्यालको भर्खरै निर्माण भएको भवनमा क्षति



कार्तिक १७ र कार्तिक २० गत्तेका दिन जाजरकोटको रामी डाडा केन्द्रबिन्दु भएर गरेका ६.४ रेक्टर र ५.८ रेक्टर स्केलको भुकम्पले श्री अमरसत्य प्राथमिक विद्यालय गंगादेव गाउँपालिका ६ झुलहुने टाकुरा राँक रोल्पाको बिदयालयका २ वटा भवनमा क्षेती पुर्याएको छ। करिब ४५ लाखको लागतमा भखैरै निर्माण सम्पन्न भएको २ तले ४ कोटे भवन र अर्को ७२ सालमा निर्माण गरिएको २ कोटे भवनमा क्षेती पुगेको छ। बिदयालका प्रधानध्यापक पबन कुमार वलीका अनुसार भुकम्पले करिब ५५/६० लाख जतिको लागतमा निर्माण गरिएका भवनहरु ठाउँ ठाउँमा चर्काएर क्षति पुर्याएको बताउनु भयो ।बिदयालयका भवन १७ गते नै चर्काएको भएपनि आजभोलि बिदयालय दशै तिहारको बिदा भएको र आज बिहान मात्रै बिदयालय परिसरमा अलोकन गर्दा उक्त क्षति भएको थाहा भएको जानकारी गराउन भएको छ। उक्त भवनहरु चर्किएको बिषयमा बिदयालय ब्यवस्थापन समितिका अध्यक्ष र अन्य सरकारवाला सबैलाई जानकारी गराइएको बताउनु भएको छ।

प्रकाशित मिति : २०८० कार्तिक २१ गते मङ्गलवार