तुलसीपुर १३
नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले अभियानकै रुपमा लाइन काट्न सुरु गरेको छ ।कार्यालयले हिजोदेखि विभिन्न स्थानमा विद्युत कटौती गर्न सुरु गरेको हो विभिन्न सञ्चार माध्यमबाट बक्यौता रकम बुझाउन सेवाग्राहीलाई सचेत गराएपनि विद्युत महशुल नतिरेपछि हिजोदेखि लाइन काट्न सुरु गरेको विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख शिव गोशेलीले जानकारी दिनुभयो ।
आज १६ जना ग्राहकबाट १ लाख ९ हजार २ सय ७ रुपैयाँ ३२ पैसाको बक्यौता उठ्न बाँकी रहेका ग्रहाकको लाइन काटिएको हो ।लाइन काटिएका सेवाग्राही मध्य १२ जनाले आजै विद्युत महशुल तिरेर पुनः लाइन जोडेको प्रमुख गोशेलीले बताउनुभयो ।
१२ जना उपभोक्ताबाट २ लाख ३३ हजार २ सय ९४ रुपैयाँ ४४ पैसा असुली भएको छ ।अन्य लाइन काटिएका ग्राहककाे हकमा विद्युत महशुल तिरेपछि मात्रै विद्युत लाइन सुचारु गरिने प्रमुख गोशेलीले बताउनुभयो तुलसीपुर वितरण केन्द्रमा ३ करोड बढि रकम उठ्न बाँकी रहेको छ ।