२०८१ बैशाख ९ गते आइतवार

तुलसीपुर ७ पर्सेनीमा रहेको अस्थाइ प्रहरी पोष्टले नवमीको अवसरमा पुजापाठ गरियाे



दाङ, ६ कार्तिक । 
तुलसीपुर ७ पर्सेनीमा रहेको अस्थाइ प्रहरी पोष्टले नवमीको अवसरमा पुजापाठ गरेको छ । आज (सोमबार) प्रहरी पोष्टमा बोका बलि दिएर नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी हतियारहरुको पुजा गरिएको पोष्टका इन्चार्ज बालाराम नेपालीले जानकारी दिनुभयो ।

उहाँले हिजो अष्टमीको दिन कालरात्रीको पुजा गरेको बताउनुभयो । हरेक बर्ष प्रहरी पोष्ट पर्सेनीले दशैं सुरु भएपछि आजकै दिनमा यस्ता कार्यक्रम गर्दै आएको बताउनुभयो । त्यस अबसरमा तुलसीपुर ७ का वडा अध्यक्ष राम बहादुर जिसीले संस्कृतिको संरक्षण गर्न यस्ता कार्यक्रमले मद्दत पुग्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार