२०८१ माघ ५ गते आइतवार

शस्त्र प्रहरीद्धारा पटाका जन्य वस्तुको नष्ट ।।।



विनोद मण्डल, कार्तिक ३ । पक्षिम नवलपरासीमा शस्त्र प्रहरी बलले फेला पारेको पटाका जन्य वस्तुको खाल्डो खनेर नष्ट गरेको छ ।

नवलपरासीको वर्दघाट सुस्ता पश्चिम पाल्हिनन्दन गाउँपालिका वाडा नम्बर २ गोपालपुर नाकाबाट बिहान करिब १० बजेको समयमा नेपालतर्फ भित्राउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म हरपुरका डि .एस .पी. विकास भुजेलको कमान्डमा खटि गएको शस्त्र प्रहरी बलको टोलीले करिब १० बोरा पटाका जन्य वस्तुहरु सुतली बम, चकरी , अनार , चकलेट लगायतका करिब ९ लाख ६ हजार मूल्य बराबरको उक्त वस्तु फेला पारी स्थानिय प्रशासनको रोहवरमा खाल्डो खनेर नष्ट गरिएको बुझिएको छ ।

दशैं तिहार र छठमा बिक्री गर्नका लागि उक्त वस्तु उक्त नाकाबाट भित्राउँदै गर्दा प्रहरीले फेला पारेको थियो ।

दशैं तिहार लक्षित सुरुक्षा योजना अन्तर्गत यति बेला सुरक्षा व्यबस्था कडा पारिएको हो ।

प्रकाशित मिति : २०८० कार्तिक ३ गते शुक्रवार