
दाङको तुलसीपुरमा एक जना ५५ वर्षिया वृद्धा मृत फेला परेकी छिन् । आज बिहान तुलसीपुर उपमहानगरपालिका १७ जमेरा निवासी ५५ वर्षिया तुलसी चौधरी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले बताउनु भएकाे छ
चौधरी आफ्नै घर नजिक रहेको एबिसी इट्टा उद्योगले खनेको पोखरीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । श्रीमानले आफूसंगै सुतिरहेको श्रीमति नभएको बिहान ३ बजेतिर मात्रै थाहा पाएको प्रहरीले बताएको छ ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको छ । यस बिषयमा अनुसन्धान भैरहेको प्रहरीकोबताएको छ
प्रकाशित मिति : २०८० असोज १८ गते बिहिवार