२०८० जेष्ठ २२ गते सोमवार

बालुवाटारमा गोली चलाउने प्रकाश पुन  प्रहरिकाे नियन्त्रणमा



वैशाख,
माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलाउने व्यक्ति कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी भएको खुलेको छ ।
शुक्रबार राति साढे ९ बजे नेता पुनको दाइको घरमा गोली चल्दा ७४ वर्षीया आमा तीर्थमाली पुन घाइते भएकी थिइन् । उपचार भइरहेको छ ।

राति १ बजे सूचना प्राप्त भएलगत्तै प्रहरीले गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएको छ । उनलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा राखेर सोधपुछ भइरहेको छ ।
स्रोतका अनुसार उनी नेता पुनका नातेदारसमेत हुन् । रोल्पामा उनीहरु छिमेकी समेत भएको पुन निकट स्रोतले जनाएको छ । उनी हाल कामु प्रधानन्यायाधीशको अगुवा गाडीमा बस्ने अधिकृत हुन् ।

प्रकाशित मिति : २०८० बैशाख २ गते शनिवार