२०८१ बैशाख ८ गते शनिवार

राप्ती बबई क्याम्पसमा निवार्चन स्थगित,नेविसंघको ताला,



४ चैत, दाङ/ दाङको तुलसीपुरस्थित रहेको राप्ती बबई क्याम्पसमा नेपाल विद्यार्थी संघले ताला लगाएको छ । चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको पूर्व सन्ध्यामा नेवि संघले क्याम्पसमा ताला लगाएको हो ।नेवि संघले विद्यार्थीहरुको परिचयपत्र फर्जि रहेको, सोको छानविन चुस्त दुरुस्त नभएको र नेवि संघ र अखिल क्रान्तिकारीको संयुक्त संगठनका उम्मेद्वारहरुको संघ/संगठनको पहिचान खुलाएको मतपत्र तयार नपारुन्जेलसम्म ताला यथावत रहने विज्ञप्तीमा उल्लेख छ ।यसैबिच क्याम्पसले नेपाल विद्यार्थी संघले ताला लगाएपछि निर्वाचन स्थगित भएको जनाएको छ । क्याम्पसले स्वतन्त विद्यार्थी युनियन निर्वाचनमा संलग्न विद्यार्थीहरुको संगठन बिच मतपत्र सम्बन्धी फरक फरक धारणा रही सहमति जुटन नसकेपछि अर्को सूचना प्रकाशन नहुँदासम्म हाललाई निर्वाचन स्थगित गरिएको क्याम्पसले जनाएको छ ।

क्याम्पस ताला बन्द पत्र

प्रकाशित मिति : २०७९ चैत्र ४ गते शनिवार