२०८१ बैशाख ७ गते शुक्रवार

सीता एअरलाइन्सले फागुन ३ गतेदेखि काठमाण्डौ–दाङ उडान सुरु गर्ने



सीता एअरलाइन्सले फागुन ३ गतेदेखि काठमाण्डौ–दाङ उडान सुरु गर्ने भएको छ । माघ २५ गते बुधवारदेखि हवाई सेवा दिने जनाएको सीता एअरले फागुन ३ गतेदेखि हवाई सेवा दिने जनाएको हो । यसअघि काठमाण्डौ–दाङ हवाई सेवा नेपाल वायु सेवा निगमले दिँदै आएको छ । यसअघि सीता एअरले माघ २५ गतेदेखि हप्तामा एक दिन हवाई सेवा दिने जनाएको थियो।

सीता एअरले फागुन ३ गतेदेखि नियमित उडान भर्ने जनाएको छ । सीता एअरले माघ १३ गते टरिगाउँ विमानस्थलमा परी क्षण उडान गरेको थियो । तयारी पूरा नभएपछि उडान कार्यलाई केही दिन पर सारिएको सीता एअरका महाप्रबन्धक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो।

फागुन महिनादेखि नियमित उडान भर्ने महाप्रबन्धक सिंहले जानकारी दिनुभयो । नेपाल वायु सेवा निगमले हप्तामा चार दिन उडान भर्दै आएको छ।

प्रकाशित मिति : २०७९ माघ २६ गते बिहिवार