२०८१ असार १२ गते मङ्गलवार

धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना आरोपितहरू फरार



धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना आरोपितहरू फरार भएका छन्।

आइतवार राति पर्खाल भत्काएर ६ जना आरोपितहरू फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए।

उनले इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका फरार आरोपितमध्ये २ जना हातहतियार मुद्दा, २ जना लागुऔषध मुद्दा र २ जना राष्ट्रसेवक बाधा मुद्दाको रहेको बताए।

प्रहरीका अनुसार फरार हुनेमा रोशन महतो र शंकर सिंह हातहतियार मुद्दा, विनोदकुमार शर्मा र अमित मण्डल लागुऔषध मुद्दा र रोशन यादव र हरिदीप सिंह राष्ट्रसेवक बाधा मुद्दाका आरोपीहरू रहेका छन्।

हिरासत कक्षतर्फको भित्ता निकै कमजोर भएकाले भित्ता फोरेर अभियुक्तहरू भाग्न सफल भएको प्रहरीको भनाइ छ । फरार आरोपीहरको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित मिति : २०७९ माघ १६ गते सोमवार