२०८१ बैशाख ६ गते बिहिवार

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ रानागाउँमा रानागाउँ नगरस्वास्थ्य केन्द्रको उद्घाटन



माघ ६

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ रानागाउँमा रानागाउँ नगरस्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले उद्घाटन गर्नुभएको हो । चार कोठे स्वास्थ्य केन्द्रको शुक्रबार एक कार्यक्रम आयोजना गरेर उद्घाटन गरिएको हो ।

नगर केन्द्रलाई तत्काल पाँच शैयाकारुपमा सञ्चालन गरिने नगरप्रमुख टीकाराम खड्काले बताउनुभयो ।वडावासीलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गरिने खड्काले बताउनुभयो ।उहाँले स्वास्थ्य सेवालाई बिस्तार गर्दै १५ शैयासम्म पु¥याइने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले स्वास्थ्य केन्द्रको भौतिक व्यवस्थापन,तारबारका लागि तत्काल प्रक्रिया अगाडि बढाउने बताउन भएको छ
तुल्सिपुर ३ वडा अध्यक्ष वीरबहादुर बि,ककाे अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । चार कोठे भवन निर्माणका लागि स्थानीय महानन्द घिमिरेले १५ धुर र भुपबहादुर वलीले १५ धुर जग्गा उपलब्ध गराउनुभएको थियो । कार्यक्रममा जग्गादाता भुपबहादुर वली र महानन्द घिमिरेका धर्मपत्नी बालकुमारी घिमिरे, त्यस्तै वडा कार्यालयलाई एक कठ्ठा जग्गा उपलब्ध गराउने श्यामराज महतरा नगरप्रमुख टीकाराम खड्काले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका सुशासन समितिका संयोजक धर्मराज वली, तुलसीपुर उपमहानगरपालिका स्वास्थ जनप्रर्धन शाखाका प्रमुख ओमप्रसाद न्यौपाने, कृष्णी गौतम, राजेन्द्र गुरुङ , कर्ण बुढालगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा स्वास्थ्य सेवा पुगाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने महिला स्वयम सेविकाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजिकरण केन्द्रका इन्चार्ज जीवन खड्काले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ माघ ६ गते शुक्रवार