२०८२ बैशाख ४ गते शुक्रवार

तुल्सिपुर ८ निबासी धिताल लाई श्रीधर साहु( अन्तिम ) बाट आर्थिक सहयाेग



माघ ४ :::
तुलसीपुर उपमहानगरपालिका वडा न ८ अश्वारा मालभुङ निवासी एक युवा एकराज धिताल ९ बर्ष देखि नसा सम्बन्धि रोग ले ग्रस्त छन्।पहिले सुरुवाती अबस्थामा हल्काफुल्का हिडुल गर्ने मान्छे अहिले नाजुक अबस्थामा छन् जो हिडुल गर्न सक्दैनन् ।अहिले उनि भारत गयर फर्केका छन्।आफू सँग प्रयाप्त पैसा नभयर अप्रेसन नगरि घर फर्केका छन्।उनको अप्रेसन गर्नको लागि कम्तिमा पनि ९ लाख लाग्ने भएको छ।यहिले उनको घरमा आर्थिक अबस्था पनि निकै कमजोर छ।सम्पत्ति का नाम मा भएको घर जग्गा पनि बैंकका धरौटी मा छ। उन को अबस्था निकै नाजुक छ ।घर बाट यो रकम उपलब्ध हुन नसकेर घरमै मा बसिरहेका छन्।उनले आफ्नो ब्यथा समस्या तुलसीपुर उपमहानगरपालिका वडा न ८ आफ्नै गाउँ कै दाइ समाजसेवी युवा का ढुकढुकि युवा नेता श्रीधर साहु( अन्तिम ) लाई सुनाए र उहाँ विहानै उनको घरमा गएर आर्थिक नगद सहयोग गरेका छन्।उहाँ ले कति सहयोग गरे भनेर खुलाउदैनन् हाम्रो प्रश्न मा सहयोगि श्रिधर साहु ले भन्नू भयो मैले यहाँ मात्र होइन अरु धेरै ठाउँमा सहयोग गरेको छु तर कति सहयोग गरे भनेर भन्न उचित ठान्दैन।सहयोग भन्ने कुरा पैसा सँग तुलना गर्ने होइन सहयोग सहयोग नै हो चाहे थोरै गरोस् चाहे धेरै गरोस् ।आफ्नो हैसियत अनुसार सहयोग गर्नेन हो।आफ्नो सक्दो जति सहयोग गरे। उहाँ ले भन्नू हुन्छ हाम्रो सानो सहयोग ले एउटा युवा जवान को जिन्दगी बच्छ उसको जिन्दगीमा खुशायालि को बहार आउँछ भने किन सहयोग नगर्ने म, तपाई ,हामी ,उनी ,र सबैले सहयोग गर्नु पर्छ।कहिलेकाहीँ साथी भाइ सँगै बस्दा रमाइलो गर्दा दुईचार हजार सकिन्छ भन्ने गरिव दुखि लाई सहयोग गर्दा हुन्छ नि।यो समाजमा सबैलाई पर्छ ।समस्या ,रोग ले कसलाई कति बेला लाग्छ थाहा नै हुदैन ।तेसैले सहयोग राम्रो काम राम्रो संस्कार को सुरवात आफै बाट गर्नु पर्छ अरु बाट होइन ।उहाँ ले बिशेषत युवा साथि हरु जो स्वदेश ,बिदेश मा सहयोग को लागि अनुरोध गर्नु भएको छ।उहाँ मलाई आशा छ एकराज धिताल को चाँडै अप्रेसन हुन्छ ।
सहयोग गरिदिनु हुन सबैमा अनुरोध गर्दछाै

प्रकाशित मिति : २०७९ माघ ४ गते बुधवार