२०८० जेष्ठ २७ गते शनिवार

साताै दिनमा हाउस फुल भाेलि हेमन्त शर्मा लगाएतका कलाकार आउँदै -राप्ती सञ्चार



चर्चित  गायक प्रकाश सपुत जब स्टेजमा आए दर्शकले  हुटिङका साथ प्रस्तुतिलाई थप आकर्षित बनाएका थिए । उनले धन कमाउन भनी विदेशी भुमिमा जादा  पाएकाे दु:ख तथा माया प्रेमका गितले दर्शकलाई भरपुर मनाेरञ्जन दिएका थिए । उनले बाेल माया,तिम्राे मायाले मलाई पिर दियाे,पछ्याैरी च्यातियाे लगायत आधा दर्जन बढि गित गाएका थिए ।


  तुलसीपुर मा  प्रथम लुम्बिनी प्रदेशस्तरिय कृषि तथा पर्यटन महोत्सवमा  भोली पौष ३ गते गायक हेमन्त शर्मा, गायिका ऋतु कँडेल, सन्तोष बस्याल, गायक प्रेमविवश घर्ती, सगरमाथा डान्स ग्रुप लगाएत राष्ट्रिय तथा स्थानियस्तरका कलाकारहरुको प्रस्तुती रहने उहाँले बताउनुभयो ।

तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने थप उद्देश्य रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा विभिन्न प्रकारका तीन सय बढी स्टलहरू राखिएको छ । महोत्सव आगामी पुष ६ गते सम्म सञ्चालन हुने आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिनुभयो ।


प्रकाशित मिति : २०७९ पुष २ गते शनिवार