विशाल वली/ प्रिय दादा सन्दिप,कसरी ब्याख्या गरौं म तपाईको जिवनको यो दर्दनाक कहानिहरु।
कसरी लेखौँ म तपाईको नाममा यी पत्रहरु।
जब हजुरको बारे केही लेख्न खोज्छु , केही बोल्न खोज्छु अनायासै आँखामा आसुको आगमन हुने गर्दछ।
जब कि यहाँ देशको सान , देशको इज्जत र देशको गौरव जस्तो ब्यक्तिलाई आज उपहारको रुपमा ‘हत्कडी’ मिलेको छ।
कसले सोचेको थियो होला र दादा, तपाईंका ती हातले क्रीकेट बलको स्पर्श गर्नुपर्ने ठाउँमा हत्कडीको सामना गर्नुपर्छ भनेर?
बिं.सं. 2057 साउन 18 गते स्याङ्जा जिल्लाको आरुचौरको तालपोखरीमा जन्मिएको साधारण परिवारको ब्यक्ती जो १६ वर्षको उमेरमा नै राष्ट्रिय क्रिकेट टिममा समावेश हुनु र आज नेपाललाई बिश्वब्यापी रुपमा चिनाउनु सामान्य कुरा त हुँदै होइन। र जो कोहिले यो महान कार्य गर्न सक्दैन पनि ।
तपाईको त्यो 4 कक्षा देखीको क्रीकेटप्रतिको प्रेम , माया , मेहनत, परिश्रम र अथक साधनाबाट मात्र यो सबै नेपालको र नेपाली क्रीकेट टिमको नाम आर्जन भएको हो। जब मैले तपाईंका ती पाइलाहरु सदैव विश्व क्रिकेट जगतमा नेपालको नाम उच्च राख्ने प्रेरणाले अघि बढेको देख्थे साच्चै खुशीले मन चङ्गा झै रमाउने गर्थ्यो दादा। तपाईले आफ्नो मेहेनतले नेपालको नाम चिनाउदा मैले हर्षित महसुस गरिरहेको थिए ।
तर जो ब्यक्ति केही गर्न चाहान्छ , जो सपना र लक्ष्यको निम्ति केही गर्ने सोचले अगाडि बढिरहेको हुन्छ , जो समाज र राष्ट्रको नाम उच्च राख्नकै निम्ति काम गरिरहेको हुन्छ त्यस्तो ब्यक्तिलाई नै यो हाम्रो नेपाली समाजले गिराउन खोजीरहेको हुन्छ। ‘नेपालको हिरा’ भनेर चिनिने तपाईं जस्तो ब्यक्तिलाई पनि अन्ततः आज फसाएरै छाडियो।
मैले तपाईं विरुद्द भदौ 21 गते परेको जाहेरी केही दिन अगाडि मात्र सामाजिक सञ्जाल मार्फत थाहा पाएँ। तपाई विरुद्द परेको झुट्टा जाहेरीको विषयमा विद्युतिय सञ्चार माध्यम र समाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझि झुट्टा जाहेरी मात्रको आधारमा चरित्र नास गर्ने तरिकाले मात्र समाचारहरु आएका हुन कि जस्तो मलाई लागीरहेको थियोे। तर जसरी पल शाहको केश अगाडि बढ्यो त्यसरी नै यस केशले पनि उग्र रुप लिन थाल्यो त्यसैले आज लेख्दै छु तपाईंका नाममा यी पत्रहरु।
दादा, तपाईको जीवनमा क्रिकेट र हाम्रो देश नेपाल मात्रै पहिलो प्राथमिकतामा रहेको कुरा हामी सबैलाई अवगत नै छ। मलाई लाग्छ नेपाली क्रिकेटलाई अन्तराष्ट्रिय रुपमा चिनाउनकै निम्ति तपाईको अदभूत भूमिका रहेको छ चाहे त्यो खेलाडीको रुपमा होस् वा चाहे कप्तानको रुपमा। सन 2018 जनवरीमा , आईसीसी विश्व क्रीकेट लिग द्वितीय बिभागमा नेपालको टोलिमा छनोट भै पहिलो खेलमा नै 4 विकेट लिदै 18 रन खर्चिएर सर्वोत्कृष्ट खेलाडीको उपाधी पाई सानो राष्ट्र नेपालको नाम एक खुड्किला माथी पुर्याउनु भएको थियो। राष्ट्रको लागि त्यो दीलो ज्यानले खाइ नखाइ खेलि रहेको एक इमान्दार क्रिकेट खेलाडी आज एउटा गम्भिर षडयन्त्रको सिकार भएको महशुस भएको गरिरहेको छु।
नेपाली क्रीकेटले सारा नेपालीलाई एकीकृत गर्दै सफलताका बाटोमा लम्किदै गर्दा आज नेपाल जहाँ पुगेको छ र रहेको छ त्यहाँ सम्म पुर्याउन तपाईंको भुमिका के कति छ सायदै बर्णन गर्न नसकिएला। तपाईंको नेतृत्वलाई नेपाली क्रीकेटको स्वर्ण युग भनेनी कम हुन जान्छ दादा। तपाईं जस्तो खेलाडी , नेपाली क्रीकेटर सायदै जन्मेलान / नजन्मेलान तर तपाईंको त्यो अथक साधकलाई सम्पुर्ण नेपालीले संमान गर्दछौं।
तर बिडम्बना , आज राष्ट्रिय र अन्तरास्ट्रिय स्तरमा छवि बनाएको एउटा देशको हिरालाई युवतीले आरोप लगाएकै भरमा अदालतबाट प्रमाणित नभइ उसको फोटो र भिडियो सोसियल मिडियामा सार्वजनिक गरेर कानुनी राज्यको धज्जी उडाएका छन !
राम्रो ब्यक्तिले सधैं र हरेक कुरा सहि गर्दछ भन्ने त हुँदैन सायद तपाईं र युवती बिचमा गल्ती भएकै थियो भने दोषीले त सजाय पाउनु नै पर्दछ। नेपाली कानुनको दायरा भित्र बस्नु नै पर्दछ। तर यदि अदालतले बलात्कार गरेको प्रमाणित गर्न सकेन भने अहिले तपाईं माथि गरिएको चरित्रहत्याको जिम्मा नेपाल प्रहरीले लिने कि नेपाली मिडियाले ?
यो मेरो ब्यक्तिगत प्रश्न हो।
जिन्दगी मा कहिले काही उतारचढाव आउछ जान्छ आतिनु हुदैन। सधै विमानस्थलमा फुलमालाले स्वागत हुने ब्याक्ती आज गहभरी आँसु लियर हातमा हतकडी देख्दा मन दुख्दो रैछ नराम्रो लाग्यो। देशको शिर झुकेको महसुस भयो। सदैव क्रीकेटमा जित भै ट्रफी सहित हर्ष उल्लासको साथ भित्रीने ब्यक्ति सेतो टिसर्ट कालो मास्क मनमा कालो छाप अनि गहभरी आसु लिएर भित्रिएको देख्दा आफुलाइ सम्हाल्नै नसक्ने भएको थिए दादा।
मान्छे उहि, स्थान उहि र समय परिस्थिति मात्र फरक थियो।जहाँ सधै फूलमाला बाजा गाजाले स्वागत गरिन्थ्यो आज त्यहि ठाउँमा हतकडिले स्वागत गरियो। जिउँदा मान्छेलाई ईटाभट्टामा जलाउने जस्ता हत्यारालाई हतकडिको सट्टा सुरक्षा दिएर लगीन्छ देसद्रोहिहरुलाई सलाम ठोकेर अदालत लगीन्छ तर देसको नामलाई उच्च बनाउने एउटा अन्तर्राष्ट्रिय खेलाडिलाई आरोप पुस्टि नहुँदै एयरपोर्टमै हतकडि लागाईन्छ, बिना कुनै प्रमाण आरोप पुस्टि नहुँदै हतकडि लगाउनु गलत हो जस्तो लाग्छ मलाई।
कस्तो कानुन हो यो कसैको एउटा उजुरीले कसैलाई अपराधी बनाइदिने?
अब अचम्मको कुरा त यो छ कि केस सुरुवात मलाइ बलात्कार गर्यो भनेर गर्छन अनि फैसला केटि जिस्काएको मा जेल चलान भनेर आउछ!
रोनाल्डोलाई पनि बलात्कारको आरोप लागेको थियो तर उनी पोर्चुगल र आफ्नो क्लव बाट फुटबल खेल्दै थिए ।उनी विरुद्ध अदालतमा मुद्धा चल्दै थियो , उनको मुद्धा उनको वकिलले हेर्दै थियो उनी चाहिँ फुटबल खेल्दै थिए ! पोर्चुगलको फुटबल संस्था , फिफा , वा उनको क्लवले उनलाई निलम्बन गरेन । त्यहाँको राज्य , प्रहरी र नागरिकले उनलाई यस्तो व्यवहार गरेन । माइकल ज्याक्सन विरुद्ध पनि नाबालिग युवतिको यौन शोषण गरेको अभियोग लागेको थियो । उनी मुद्धा लडडै थिए र पनि कन्सर्ट गर्दै हिड्थे , म्युजिक भिडियो सुटिङ गर्दै हिंड्थे , एल्बम निकाल्थे ।संसारमा प्रशस्त सेलिव्रीटिहरु माथी यस्तो अभियोग लाग्दै आएको छ तर अभियोग लाग्ने बित्तिकै उसको सम्पूर्ण करियर बर्बाद गर्न ढुकेर बस्ने मानसिक रोगिहरुको जमात नेपालमा बाहेक अन्यत्र भेटिंदैन । सन्दिप दादा माथी अभियोग लाग्यो तर यत्रो होहल्ला र तामझाम गर्न जरुरी थिएन। उनको गल्ती र उनको प्रतिभा अलग अलग पाटो हो , उनको मुद्धा चल्दै जान्थ्यो दोषी देखिए जेल सजाय दिए हुन्छ तर क्रीकेट संस्था बाट निलम्बन गर्न जरुरी थिएन । अँ साच्चै , उहाँ माथी आरोप लाग्ने बित्तिकै उनको सम्पूर्ण प्रतिभा सत्यानाश भएकै हो त ?
यसको जवाफ चाहिएको छ मलाई।
सन्दिप दाइ यो देशको इतिहास हुनुहुन्छ। किन र कसरी यो ब्याख्या गरिरहनु पर्छ जस्तो लाग्दैन मलाई किनकि नेपाल भ्रमणमा भारतका सम्मानित प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए ” अब त नेपाल आईपिएल सँग जोडियो; अब नेपाललाई सन्दिप लामिछानेको देश भनेर चिनिनेछ।”
तर बिडम्बना यो सारा योगदान 1 मिनेट बिर्सिएर आज राष्ट्र सपुतको हातमा हत्कडी लागेको छ।
अनतत: यो केशमा को दोषी को निर्दोष भनेर मैले भन्न जरुरी देख्दैन म किनकी नेपालको सम्मानित अदालतले सत्य तथ्य र निष्पक्ष निर्णय गर्ने छ यो कुरामा हामी बिश्वस्त छौ।
र सम्म्पुर्ण महिला दिदिबहिनीहरुलाइ पनि आग्रह गर्न चाहान्छु कि यदि तपाईं कसैद्वारा बलात्कृत हुनुभयो भने क्षणभरमै उजुरी गर्नुहोला। बलात्कार जस्तो जघन्य अपराधलाई ” Snapchat , massenger , instagram” मा block गरेपछी मात्र उजुरी गर्ने बानीले बलात्कार शब्दको पनि बलात्कार भैरहेको छ यहाँ।
अन्तमा म के भन्छु भने यहि युवतीकै कारण नेपालको शिर नझुकोस , नेपालको इतिहास र हिरा भनेर चिनेने दादा सन्दिपको करियर र नेपालको निम्ति सोचेको सपना तहसनहस नहोस।
धन्यवाद।
लेखक : विशाल ओलि
ठेगाना : तुल्सिपुर 7 पर्सेनी दाङ
प्रकाशित मिति : २०७९ असोज २५ गते मङ्गलवार