२०८१ चैत्र ७ गते शनिवार

आज स्थानीय तहको निर्वाचन : कतै गोलि चल्यो कतै झडप




बैशाख ३०

रामेछापमा दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।जिल्लाको दुई स्थानमा झडप भएपछि गोली चलाउनु परेको हो । जिल्लाको दोरम्बा सैलुङ गाउँपालिकाको मानपुर कृष्ण मावि मतदान केन्द्र र खाँणदेवी गाउँपालिका स्थित वडा नम्बर १ राकाथममा मतदान केन्द्रमा भएको झडपलाई नियन्त्रणमा लिन ७ राउण्ड गोली चलाउनु परेको जिल्ला पहरी कार्यालय रामेछापले जनाएको छ ।

यसै बिच बाजुराको बुढीनन्दा नगरपालिकास्थित मतदान केन्द्रमा तनाव भएपछि हवाई फायर भएको छ ।

दुई पक्षबीच सामान्य विवादमा ढुंगा हानाहान भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारीले लोकेन्द्रबहादुर विष्टले बताए ।
अछामको साँफेबगर नगपालिका-१३ बाब्लामा झडप हुँदा मतदान स्थगित भएको छ ।प्रहरी सहायक निरीक्षक जनक शाहीले दुई गठबन्धनबीच झडप भएपछि मतदान स्थगित भएको बताए । झडपपछि मतदान अधिकृत र मतपेटिकाको सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । झडपमा भएको क्षतिबारे जानकारी प्राप्त भइनसकेको बताए ।
मतदान जारी रहेकै बेला गठबन्धन पक्ष र एमाले कार्यकर्ताबीच झडप भएपछि अछामको बाब्लामा मतदान स्थगित भएको हो ।

प्रकाशित मिति : २०७९ बैशाख ३० गते शुक्रवार