२०७९ माघ १७ गते मङ्गलवार

ब्याख्यात्मक घोषणा सङ्गै MCC कम्प्याक्ट सदनबाट पारित भएको मा प्रचण्ड द्वारा खुसी व्यक्त




फाल्गुन १५
एम सि सि प्रतिनिधि सभा बाट पास भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड ” ले सबैमा धन्यवाद व्यक्त गर्नु भएको छ।

उहाँ बाटजारि भएको भनाइ यस प्रकारको छ:
११ बुदे ब्याख्यात्मक घोषणा सङ्गै MCC कम्प्याक्ट सदनबाट पारित भएको छ। घोषणा कम्प्याक्टको अङ्ग हुनेछ। यसलाई नेपाल सरकार र कम्प्याक्टबीच (letter exchange) पत्र ब्यवहार हुनेछ। यदी यो अर्को पक्षले स्वीकार नगरे कम्प्याक्ट संवत: निष्क्रिय हुनेछ। यो पनि हाम्रो पार्टी र नेतृत्वको सझबुझ दुरगामी सोचले संभव भएको हो। एमाले लगायत अरूले त हुबहु पास गर्दै थिए।
यसका लागि सडक, सदन र सरकारको मोर्चाबाट निरन्तर संघर्ष र खबरदारी गर्दै सफलता हासिल गर्ने सम्पूर्ण देशभक्त नेपाली दिदीबहिनी दाजुभाइहरुमा हार्दिक धन्यबाद भनिएको छ।

प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते आइतवार