
डिल्लीराज भुसाल
पुस २७
दश बर्से जनयुद्ध र त्यस्को नेतृत्वदायी भुमिकामा रहेका सम्पूर्ण नेताहरु माथी त्यो बेला का प्रतिगामी ,मन्डले पार्टीका नेतृत्वहरु बाट निरन्तर प्रहार गरिएको बेला हामी चुपरहनु को कारण के हामी त्योबेला को संविधान२०४७ लाई स्वीकार गर्न तयार रहेकै हो त?
के हामी यो परिवर्तनलाई आत्मसात गर्न नचाहेको हो त?
प्रचण्ड ,भट्टराई ,बैध ,बिप्लब र समस्त दश बर्से जनयुद्ध को बर्खिलाफमा जो कोहि जादा अन्य पार्टी मा आस्था राख्ने ब्यक्ति मख्ख परि उनिहरु को होमा – हैसे मिलाउने काम गर्दा कतै यो परिबर्तनमा उनीहरुको साथ छैन जस्तो लाग्छ। यद्यपि १० बर्से जनयुद्धले जुन मुद्दा उठान गरि युद्ध सन्चालन गरि पुरै देश मा परिबर्तन ल्याउन सफल रह्यो तर त्यसलाई सन्स्थागत गर्दा स्वामित्व लिने बेला बिचलन भयो त्यस्लाई नेकपा माओवादी को नेतृत्वले मनन गर्नै पर्छ।
बेला- बेला का टुट फुट र बिग्रहको कारण माओवादी का मुद्दा र आन्दोलन धर्मराहेको बेला त्यस्को विपक्ष मा आवाज उठ्ने गर्दछ। यस्तै गर्दै सम्पुर्ण माओवादी मुद्दा लाई उल्टाउनु भनेको माओवादी आन्दोलन लाई अपराधीकरण गर्न खोजेको देखिन्छ।त्यस्मा ध्यान दिनु सम्पुर्ण माओबादी घटकहरु को जरुरत छ।
धर्मनिर्पेक्षता ,सङियता,समाबेसिकरन ,महिला सहभागिता आदि जस्ता परिबर्तन का मुद्दा लाई कमजोर बनाउन सके त्यो दश बर्से जनयुद्ध र त्यस्ले उठाएको आन्दोलनलाई सखाप पार्ने षड्यन्त्र हुँदै छ यस प्रती माओबादी आन्दोलन का सम्पुर्ण नेतृत्वले सोच्नै पर्नेछ ।
१० बर्से जनयुद्ध र त्यसको जगमा भएको १९ दिने जनाअन्दोलन को उपलब्धि को रुप मा आएको यो परिबर्तन मा त्यो बेला का सम्सदबादि दल लाई जबर्जस्त बिस्तारै -बिस्तारै डोर्याउदै ल्याईएको हो। यसमा फरक मत राख्नुहुने जो कोहि हुनुहुन्छ भने त्यो बेला का समाचार फाईल फर्काएर हेरे हुन्छ। बिगतको इतिहास फर्केर हेर्दा अहिले को लडाइँ अग्रगमन र पस्चगमन को हो अब यो दिशा मा देश जाने देखिन्छ ।