२०७९ मङ्सिर १५ गते बिहिवार

प्रचण्डलाई कोरोना सङ्क्रमण




पुस २४
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना सङ्क्रमण भएको छ ।

प्रचण्डको निजी सचिवालयका अनुसार हिजो बेलुका गरिएको पीसीआर परीक्षणपछि सङ्क्रमण पुष्टि भएको हो ।

प्रचण्डले आफ्नै निवासमा आराम गरिरहनुभएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिनुभयो । साथै प्रचण्डको सचिवालयले यसबीचमा प्रचण्डको सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७८ पुष २४ गते शनिवार