२०८० जेष्ठ २३ गते मङ्गलवार

दीपक र दिपाकाे फिल्ममा सौगात मल्ल भिलेन-राप्ती सञ्चार



असाेज १०” ।दिपक राज गिरी र दिपाश्री निरौलाले नयाँ फिल्म निर्माण गर्ने भएका छन् l ‘कालो कोट’  नामावली गरिएको उक्त फिल्म निर्माता रोहित अधिकारीसँग मिलेर बनाउन लागेका हुन् l रोहित ‘छ माया छपक्कै’का सह-निर्माता पनि हुन् l ‘सोसल-कमेडी’जनरामा निर्माण हुने यस फिल्ममा अभिनेता सौगात मल्ल हुने बताइएको छ l फिल्ममा सौगात खलपात्रको भूमिका देखिने छन् । फिल्ममा दीपक-दीपाको समूहबाट दीपक-दीपा र माग्ने बूढा (केदार घिमिरे) मात्र सोझदारको रूपमा रहने जनाइएको छ । सरकारले फिल्म क्षेत्र खोल्न निर्णय दिए सँगै यती बेला थुप्रै सिनेकर्मीहरु फिल्मको कामलाई अघि बढाइ रहेका छन् l थप् कत्तिले त फिल्म रिलिज मिति समेत तय गरी सकेका छन l     

प्रकाशित मिति : २०७८ असोज १० गते आइतवार