२०८० चैत्र १५ गते बिहिवार

वेस्ट इन्डिजका विलियम्सले पोखराबाट इपिएल खेल्ने



असोज ०१।

वेस्ट इन्डिजका तीव्र गतिका बलर केसरिक विलियम्सले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । उनलाई इपिएलका लागि पोखरा राइनोजले भित्र्याएको हो ।
 
सन् २०१६ मा वेस्ट इन्डिज क्रिकेट टोलीबाट अन्तर्राष्ट्रिय टी–ट्वान्टीमा डेब्यु गरेका विलियम्सले एक वर्षपछि भारतविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेका थिए । 

पोखराले अलराउन्डर किशोर महतो, विक्रम सोब र नन्दन यादवसँग समेत इपिएल खेल्न सम्झौता गरेको छ ।

प्रकाशित मिति : २०७८ असोज १ गते शुक्रवार