
कोरोना सक्रमन संगै कोरोना विरुद्ध का खोप को बारेमा अनेक जिज्ञासा उठेका छन । जसमध्ये जोनसन र भेरोसेल को बारे चर्चा अहिले चुलिएको छ।
जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक राखेर बनाइएको भेक्टर भ्याक्सिन हो भने भेरोसेल निष्क्रिय कोरोना भाइरस राखेर बनाइएको होल भाइरस भ्याक्सिन हो । जोनसन खोप १ पटक दिए पुग्छ भने भेरोसेल ३ देखि ४ हप्तामा २ पटक दोस्रो मात्रा दिनुपर्छ ।
जोनसन खोप लगाएको २ हप्तापछि शरीरमा कोरोना भाइरसविरुद्ध एन्टिबडी तयार हुन्छ भने भेरोसेल खोपको दोस्रो मात्रा लगाएको २ हप्तापछि एन्टिबडी तयार हुन्छ ।
जोनसन खोपले दुर्लभ रूपमा रगत जम्ने वा स्नायु प्रणालीसम्बन्धी समस्या देखिएको छ भने भेरोसेल खोपका साइड इफेक्ट पारदर्शी रूपमा बताइएको छैन ।
जोनसन खोप सामान्य लक्षण रोक्न ७२ %, सिकिस्त नबनाउन ९६ % र कोभिडबाट मृत्यु रोक्न १०० % प्रभावकारी छ भने भेरोसेल खोप सङ्क्रमण रोक्न ५० – ७९ % तथा सिकिस्त कोभिडबाट गम्भीर नबनाउन तथा मृत्यु रोक्न ९० % प्रभावकारी भनिएको छ ।
जोनसन खोपलाई अमेरिका, युरोप, अस्ट्रेलियालगायतका देशमा मान्यता छ भने चीनको खोपलाई चीन, अरबियन / अफ्रिकन देशमा मान्यता दिइएको छ । खोपको व्यापारिक तथा राजनैतिक प्रतिस्पर्धाको कारण अहिले मान्यता जे भए पनि केही समयपछि सबै खोपको मान्यता सबैतिर हुनेछ । दुवै खोपले कोरोना सङ्क्रमण सरे पनि गम्भीर हुने वा मृत्यु हुने सम्भावनालाई नगण्य बनाउँछन् ।ज्वरो आउने, शरीर दुख्ने, झुम्म हुने लगायतका साइड इफेक्ट दुवै खोपमा हुन्छ । जुन ३-४ दिनमा ठिक हुन्छ । रगतमा प्लेटलेटको समस्या, रगत जम्ने समस्या तथा स्नायु प्रणालीका बिरामीले जोनसन भन्दा भेरोसेल लिनु बढी सुरक्षित हुन्छ । तेस्रो लहरबाट बचाउन दुवै खोप सक्षम छन् । दुवै खोपले कति समयसम्म काम गर्छन् भन्ने निश्चित छैन । समय बित्दै जाँदा मात्र खोपले काम गर्ने अवधि थाहा हुन्छ ।आफ्नो उत्पादनलाई सबैले राम्रो भन्ने तर अरूको उत्पादनमा दोष देख्ने विश्वव्यापी परम्परा भए पनि यी दुवै खोप WHO बाट मान्यता प्राप्त र दर्जनौँ देशमा लगाइएका खोप हुन् ।